Rule 3
निकुञ्ज वा आरक्षभित्र सञ्चालन गरिने सेवा
१ ऐनको दफा ६ बमोजिमको कुनै सेवा सुविधा नेपाल सरकारले कसैबाट संचालन गराउन चाहेमा त्यस्तो सेवा वा सुविधा सम्बन्धी आवश्यक विवरण खोली त्यस्तो सेवा वा सुविधा के कस्तो शर्तमा सञ्चालन गर्न सक्ने हो सो सबै कुरा खुलाई सिल्ड टेण्डर दिनको लागि कम्तिमा पैंतीस दिनको म्याद तोकी प्रमुख पत्र पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ र त्यस्तो टेण्डरको सूचनामा टेण्डर पेश गर्नु पर्ने कार्यालय वा अधिकृत र टेण्डर खोलिने समय समेत तोक्नु पर्छ ।
२ उपनियम १ बमोजिम म्यादभित्र पर्न आएका टेण्डरहरु रीतपूर्वकको नभए वा सन्तोषप्रद नभएको भन्ने नेपाल सरकारलाई लागेमा अर्को टेण्डर माग गर्नको लागि पुन:सूचना प्रकाशित गर्न सक्नेछ ।
उपनियम १ वा २ बमोजिम पेश भएको टेण्डर मध्ये नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व रोयल्टी कबूल गर्नेको स्वीकार गर्नु पर्छ ।
तर कुनै खास अवस्थामा कम्ती राजश्व ९रोयल्टी० कबूल गर्नेको टेण्डर पनि स्वीकार गर्न सकिनेछ र त्यस्तोमा टेण्डर स्वीकार गर्ने अधिकारीले सो गर्नु परेको कारण समेत जनाई राख्नुपर्छ ।
४ राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र कुनै सेवा वा सुविधा संचालन गर्नकोलागि बोलकबोल गर्ने व्यक्तिले त्यस्तो सेवा वा सुविधा सञ्चालन गर्ने सम्बन्धमा कुनै किसिमको निर्माण कार्य गर्नु पर्दा त्यसको विस्तृत आयोजना तयार गरी नेपाल सरकारबाट स्वीकृत गराउनु पर्नेछ ।